Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-09-16

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य तुलसीपुर उमनपा-५ का ३२ वर्षीय अतुल कुँवर र कार्यकर्ता शान्तिनगर गाउँपालिका-५ का २५ वर्षीय उद्धव शाहलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितद्वयलाई तुलसीपुरमा औषधि खरिद गर्न गएको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए ।

कुँवर रक्तचापका बिरामी भएकाले आफैँलाई औषधि लिन गएका थिए । कुँवर र शाहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । कुँवर सहारा यातायात प्रालिका सञ्चालक समिति सदस्य हुन् भने शाह राप्ती सेवा प्रालिका कर्मचारी हुन् ।

जे.एन.सागर


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments