Incident Reports

अपाङ्गता भएकी युवती बलात्कृत

2019-09-19

Gandaki, Gorkha, Palungtar, Ward 7

५ असोज, गोरखा । अपाङ्गता भएकी २१ बर्षिया युवती बलात्कारको आरोपमा धन बहादुर पुन मगर पक्राउ परेका छन् । रोल्पा नगरपालिका–९ घर भइ हाल गोरखा रहेका ४० बर्षीय मगरलाइ बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कम्मरभन्दा मुनिको भाग नचल्ने पालुङटार नगरपालिका–७ च्याङलीकी युवती घरमै बलात्कृत भएको पीडित परिवारले दिएको जायरीमा उल्लेख छ । ‘विहान भट्टीमा सँगै रक्सी खाएर मगरलाई पीडितका बुवाले घरमा खाना खान लगेछन्,’ प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘खाना खाएर बुवा सुतेछन्, त्यही मौका छोपेर मगरले युवतीलाई बलात्कार गरेछ ।’

छोरी रोएको आवाज सुनेर व्युँझिएपछि बलात्कार भएको थाहा पाएका उनले तत्काल प्रहरीमा उजुरी दिएका थिए । मगरलाई आइतबार करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नरालले बताइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments