Incident Reports

‘असोज तीन कालो दिन’ भन्दै काठमाडौंमा प्रदर्शन

2019-09-20

Bagmati, Kathmandu, Kathmandu

३ असोज, काठमाडौं । संविधानको विरोधमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले  असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका छन् ।

विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् ।

तीन जना पक्राउ

संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट तीन जनालाई पक्राउ गरेको छ । संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations NEFIN
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments