Incident Reports

यौनप्रस्ताव नमान्दा बालिकाको हत्या !

2019-09-19

Bagmati, Sindhuli, Marin, Ward 1

युवकको गर्दा सिन्धुलीमा एक बालिकाको ज्यान गएको छ । २०७६ असोज २ गते दिउँसो उनको ज्यान गएको हो ।

मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानलाई यौन प्रस्ताव अस्वीकार गरको भन्दै १५ वर्षीय बालकले असोज २ गते हत्या गरेको प्रहरीले जनाएको छ ।

गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिका मोक्तानको पछि लागेका बालकले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको हो ।

बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिची हत्या गरेको बालकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

आरोपित बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले गिरफ्तार गरेको छ । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३  गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए ।

शवका पोष्टमार्टम सिन्धुली अस्पतालमा असोज ४ गते नै गरी परिवारको जिम्मा लगाइएको एसपी सिंहले बताए ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments