Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-09-19

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 6

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखर घर भई सोही ठाउँको चामुनादेवी आधारभूत विद्यालयका शिक्षक २८ वर्षीय राजु कुँवरलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २ गते विद्यालयको कक्षा कोठा भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले असोज ३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी गरेको प्रहरीले जनाएको छ ।

आरोपितलाई जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको प्रहरीले जनाएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments