Incident Reports

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

2019-09-19

Madhes, Sarlahi, Kaudena, Ward 4

कौडेना गाउँपालिका–४ मोतिपुर बस्ने ४१ वर्षीय विनोद साह असोज ३ गते साँझ सोही ठाउँस्थित मोतिपुर नहरको पुल नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् ।

घरतर्फ आउँदै गर्दा साहलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडितका ६१ वर्षीय बुबा रामनारायण साहले जानकारी दिए ।

दाहिने गोडामा गोली लागेका साहलाई तत्काल उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवामा लगेकोमा थप उपचारको लागि वीरगंज रेफर गरिएको इलाका प्रहरी कार्यालय कौडेनाले जनाएको छ ।

गोली प्रहार कसले र किन गरेको हो ? हालसम्म खुल्न नसकेको र दोषीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराइले जानकारी दिए ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports