Incident Reports

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोप

2019-09-19

Province 1, Okhaldhunga, Siddhicharan, Ward 2

सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई गृहकार्य नगरेको भन्दै शिक्षक चम्मु फुयलले असोज २ गते कुटपिट गरेका कारण नातिनी बिरामी परेको उनका हजुरबुबा दलबहादुर कार्कीले बताए ।

कुटपिटकै कारण आफ्नी नातिनी विनिता कार्की बिरामी परी सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको कार्कीले बताए ।

विद्यार्थीलाई कुटपिट गरेको विषयमा आरोपित शिक्षक चम्मु फुयलले गृहकार्य नगरेको विषयमा सम्झाउन हातमा एक सिर्किना (सानो लौरोले) हिर्काएको बताए ।

उनले भने–‘उनीसहित अन्य विद्यार्थीहरूलाई पनि मैले त्यसरी सम्झाएको थिएँ । उनी दिनभर विद्यालयमै पढेर घर गएकी हुन् ।’

घटनाबारे विद्यालयका प्रधानाध्यपक हरि भट्टराईले आफूकहाँ कुनै गुनासो नआएको बताए । बाहिर सुनेपछि अस्पतालमा पुगेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएको बताउँदै उनले बालिका यस अघिदेखि नै बिरामी रहेको बताए । उनले भने–‘उनी बिरामी नै थिइन् । शिक्षकको व्यवहारले मानसिक रूपमा असर चाँहि गरेको होला ।’

सिद्धिचरण नगरपालिका–२ वडा अध्यक्ष कृष्णबहादुर कार्कीले घटनाबारे आफूले अध्ययन गरेपछि मात्रै थप बताउने जानकारी दिए । उनले विस्तृत बुझेर जानकारी गराउने बताए ।

शिवप्रसाद ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments