Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

2019-09-20

Lumbini, Rupandehi, Kanchan, Ward 1

१४ र १७ वर्षीया दुई जना बालिकालाई विभिन्न प्रलोभन देखाई भारततिर लैजाँदै गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ बेलभोरियाका ५८ वर्षीया फुलकुमारी थारु र ३६ वर्षीया शिव नेपाली भन्ने शिवा सार्कीलाई असोज २ गते मैनहियाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर असोज १ गते बेचबिखनको लागि लैजान लागेको भनी पीडित बालिकाले अभिभावकको सहयोगमा असोज २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण असार २ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

0 Comments