Incident Reports

जङ्गलमा बेवारिसे महिलाको शव फेला, हत्याको आशङ्का

2019-09-20

Lumbini, Dang, Lamahi, Ward 7


लमही नपा– ७ स्थित उचानिवु सामुदायिक वनमा ३५/३६ वर्षको जस्तो देखिने एक जना महिलाको शव फेला परेको छ ।

च्याउ खोज्न गएका स्थानीय बालबालिकाले असोज ३ गते बिहान सडेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पुर्‍याएपनि अनुहार तथा शरिर गलिसकेको अवस्थामा रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनकप्रसाद भट्टराईले जानकारी दिए ।

शरीर सडेकाले शङ्कास्पद रहेको भट्टराईले बताए । स्थानीयले भने महिलाको हत्या गरेर फालेको हुनसक्ने अनुमान लगाएका छन् । उक्त शवको पहिचान पनि हुन सकेको छैन ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments