Incident Reports

जनकपुरमा संविधानको विरोध गर्दै जनता सडकमा

2019-09-20

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम- प्रदेश-२को राजधानी जनकपुरधाममा शुक्रबार राजपाले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ। कालो ब्यानर, कालै फेटा शीरमा बाँधेर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा सडकमा स्थानीयहरुले संविधानको दिवसको विरोधमा र्‍याली निकालेका हुन्। 

राजपाको विरोध प्रदर्शनमा र्‍याली शान्तिपूर्ण भए पनि सुरक्षा व्‍यवस्था भने कडा गरिएको छ। राजपा नेपालले विरोध र्‍यालीपछि कोणसभाको आयोजना गरेको थियो जसमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संसोधन नभएसम्‍म संविधानको विरोधमा कालो दिवस मनाउने चेतावनी दिए। उनले भने, ‘जबसम्म संविधान संसोधन हुँदैन तबसम्म हामी तराई/मधेशको जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ। सरकार हाम्रो मागमा किन कुनियत राखेर हेर्छ? के हाम्रो माग जायज होइन? मधेश एक स्वायत प्रदेश राख्ने सहमति सरकारले किन मानेन?’ 

संविधान दिवसको दिन कालो दिन भनेर गरिएको र्‍यालीपछिको सभामा सहभागी हुँदै राजपा नेपाल अध्‍यक्ष मण्डलका सदस्‍य महन्थ ठाकुरलगायत सहभागीहरु। उनले नेपालको अन्तरिम संविधानको १३८ (क) मा सम्पूर्ण मधेश एक स्वायत प्रदेश राख्ने सहमति भएको तर सरकारले ८ वटा मधेशको जिल्लालाई मात्र एउटा प्रदेशमा सीमित गरेको आरोप लगाए। उनले बाँकी मधेशको जिल्लाहरुलाई अन्य प्रदेशमा किन जोडियो भन्‍दै सरकारप्रति प्रश्‍न तेर्स्याए। 

राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेशी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय वीरगन्जको घण्टाघरमा गोली चलाएर मधेशी जनताको हत्या गरियो।’ जबसम्म संविधान संसोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने ठाकुरले बताए।

‘अहिले सत्ता र प्रतिपक्षमा जति पार्टी छ, सबैले हतियार उठाएको छ, सबैले आन्दोलन गरेको छ,’ उनले भने, ‘तर तिनीहरुमा कुनै मुद्दा लागेन तर हामी आन्दोलन गर्दा हामीमाथि मुद्दा चलाइन्छ। अहिले पनि जनताबाट निर्वाचित रेशम चौधरी कारागारमा छन्।’ अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए। 

त्यस्तै प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए। जनकपुरधामको जनक चोकबाट निकालिएको विरोध जुलुस नगरका विभिन्न चोकमा घुमेर पुनः जनकचोकमा कोण सभामा परिणत भएर सम्पन्‍न भएको थियो। विरोध र्‍यालीमा युवा, महिलालगायत धेरैको उपस्थिति छ। 

त्यस्तै शुक्रबार नै साँझ ७ बजे देखि ७ः१५ बजे सम्म मधेसमा ‘ब्ल्याक आउट’ गर्ने राजपा नेपालको कार्यक्रम छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments