Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-09-16

Bagmati, Lalitpur, Lalitpur, Ward 15

४२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिका-५ घर भइ काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका-१०, भिमसेनगोला बस्ने ५० वर्षीय दिलिपकुमार श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार पीडित महिलालाई आरोपितले भदौ ३० गते बिहान ११ बजे घर निर्माण गरिरहेको स्थानमा यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले भदौ ३० गते नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई खोजी गरी असोज ४ गते बिहान ललितपुर महानगरपालिका-१५, हात्तिवनबाट गिरफ्तार गरिएको डिएसपी मिश्रले बताए ।पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३० गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । आरोपितविरूद्ध यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments