Incident Reports

‘असोज तीन, कालो दिन’ भन्दै धनगढीमा विरोध

2019-09-20

Sudurpashchim, Kailali, Dhangadhi

नेपाल आदिबासी जनजाती महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संविधान दिवसलाई कालो दिनका रूपमा मनाएको छ। संविधानका विभिन्न धारा र उपधारालाई जलाउँदै आज कालो दिनका रुपमा मनाइएको हो ।

धनगढीमा आयोजित विरोध सभामा संविधानको धारा ३८, ४२, १८, ५६, र २७४ तथा अनुसूची ४ जलाइएको हो । विरोध सभामा मोर्चाका सल्लाहकार समेत रहेका पूर्व सभाषद कृष्ण चौधरी, मोर्चाका कैलाली जिल्ला अध्यक्ष माधव चौधरी र आदिबासी जनजाति महासंघका सुदूरपश्चिम संयोजक बलबहादुर घर्तीले सम्बोधन गरेका थिए ।

आज साझ ७ देखि साढे ७ बजे संविधान नमान्नेहरु घरको बत्तिको स्वीच अफ गर्ने कार्यक्रम रहेको समेत मोर्चाका कैलाली अध्यक्ष चौधरीले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments