Incident Reports

अपूर्ण संविधान भन्‍दै विराटनगरमा राजपाको विरोध प्रदर्शन

2019-09-20

Province 1, Morang, Biratnagar

मुलुकमा चौतर्फी भव्य रुपमा संविधान दिवस मनाइरहँदा राष्ट्रिय जनता पार्टी नेपालले भने त्यसको विरोध गरेको छ।

सरकारले संविधान दिवस मनाउने निर्णयगरे पनि राजपाले संविधान अपूर्ण, त्रुटिपूर्ण रहेको जनाउदै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेको हो।

राजपा मोरंगका अध्यक्ष मोहम्मद कादिरले संविधानले मधेशीहरुको मागलाई सम्बोधन नगरेको र यसमा संशोधनको आवश्यक्ता रहेको बताए। उनले भने, “सरकारले मधेशीको मागसहित संविधान संशोधन नगरुञ्जेल विरोध जारी रहने छ।”

विरोधका क्रममा विराटनगरको संस्थारीमाइस्थानबाट रर्याली निकालिएको थियो। रर्यालीमा राजपाका केन्द्रीय महासचिव मनिष सुमनपनि उपस्थित थिए।

र्‍याली बजारहुदै महानगरपालिकाबाट पुनः मेनरोड जलजला चौकमा पुगेर कोण सभामा परिणत भएको थियो। जिल्ला अध्यक्ष कादिरले विरोध रर्यालीपछि बेलुका ट्राफिक चौकमा आयोजना गरेको प्रर्दशनमा सुरक्षाकर्मीले धरपकड गरेको बताए।

अर्कोतर्फ समाजवादी फोरम नेपालका प्रदेश एक सांसद जयराम यादवले संविधान संशोधनको हक र अधिकारका लागि कार्यक्रम गरिएको बताए।

नगरमा विरोध प्रदर्शन गर्ने पक्षमा समाजवादी पार्टी नरहेको स्पस्ट पारेका सांसद यादवले भने, “हामी संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा छौ। यसका लागि विरोध पनि गरेका छैनौ र दीपावली मनाउनेतर्फ पनि उभिएका छैनौ। हामी तटस्थ बसेका हौ।”

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments