Incident Reports

विप्लवका सुनसरी इन्चार्जसहित दुई पक्राउ

2019-09-23

Province 1, Sunsari, Itahari, Ward 5

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सुनसरी इञ्चार्जसहित दुई जना पक्राउ परेका छन्।

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी राजेन्द्रसिंह विष्ट पक्राउ परेका हुन्।

उनीहरूलाई इटहरी ५ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

गत भदौ २० गते उनीहरूले कलेजमा बम विष्फोट गराएको आरोप प्रहरीको छ। चन्दा माग्दा नदिएपछि बम विष्फोट गराइएको प्रहरीको दाबी छ।

विष्फोटबाट कलेजको पर्खालमा क्षति पुगेको थियो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments