Incident Reports

राप्रपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

2019-09-23

Bagmati, Ramechhap, Manthali, Ward 5

मन्थली नगरपालिका-५ का वडाध्यक्ष ६२ वर्षीय रामबहादुर कार्कीलाई असोज ६ गते बिहान सोही वडामा बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसङ्गठन युवा परिषद्का जिल्ला सदस्य २३ वर्षीय सानोबाबु कार्कीले कुटपिट गरे ।

केही वर्षअघि भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भई शारीरिक रूपमा अपाङ्गता भएका कार्कीलाई विकास निर्माणको विषयमा विवाद हुँदा आरोपितले सडक छेउमा नै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट घाइते भएका कार्कीको बाहिरी चोट नदेखिएकाले मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि असोज ६ गते नै काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ । घटनाबारे पीडित पक्षले कतै उजुरी दिएको छैन ।


नवराज पथिक



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations RPP
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments