Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-22

Lumbini, Rupandehi, Siyari, Ward 4

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई असोज ५ गते सियारी गाउँपालिका-४ ओर्लहवाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ  ।

लुम्बिनी सांस्कृतिक नपा-११ घर भएका जिल्ला कार्य समिति तथा जनसरकार इञ्चार्ज ५० वर्षीय विक्रम यादव, गैडहवा गाउँपालिका-६ घर भएका प्रदेश सरकार सह इञ्चार्ज ४३ वर्षीय रुदल यादव र सियारी गाउँपालिका-४ घर भएका जिल्ला कार्य समिति सदस्य ६३ वर्षीय मुकेश भनिने विष्णुप्रसाद तिवारीलाई गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

सैनामैना नपा-८ का घर भएका नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा साउन ३१ गते पेट्रोल र मट्टीतेल छर्केर आगो लगाएको उनीहरूमाथि आरोप छ ।

आरोपित यादवद्वयलाई गैडहवा गाउँपालिका-२ धुपहीमा रहेको एनसेल टावरमा आगजनी गरेको समेत आरोप रहेको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments