Incident Reports

पतिद्वारा पत्नीलाई जलाउने प्रयास l

2013-11-30

Lumbini, Dang, Tulsipur

INSEC Mid-western Regional Office बिजौरी गाविस-६ की ३२ वर्षीया हुमा रोकालाई ३६ वर्षीय पति दलबहादुर रोकाले मङ्सिर १५ गते साँझ करिब ७ बजे जलाउने प्रयास गरेका छन् । पत्नीलाई कोठामा थुनेर कुटपिट गरी बल्दै गरेको आगोको अगुल्टोले शरीरका विभिन्न ठाउँमा पोलेका छन् । घाइते हुमाको स्थानीय प्राप्ती मेडिकल बिजौरीमा सामान्य उपचार गरिएको प्रहरी चौकी हेमन्तापुरका असई खड्कबहादुर डाँगीले जानकारी दिए । घटनामा संलग्न दलबहादुरलाई अनुसन्धानका लागि साही दिन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis