Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-24

Lumbini, Rupandehi, Butwal

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय पतिलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी पटकपटक अप्राकृतिक मैथुन तथा बलात्कार गरेको र अन्तिम पटक भदौ ३१ गते बलात्कार तथा अप्राकृतिक मैथुन गरेको भन्दै पीडितले असोज ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Youth Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments