Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-09-13

Gandaki, Gorkha, Siranchok, Ward 2

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिरानचोक गाउपालिका–२ आहालभञ्ज्याङका ५० वर्षीय जितबहादुर अधिकारीलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ २७ गते गाउँ नजिकैको जङ्गलमा लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितले असोज ७ गते जिल्ला प्रहरी कार्यालय, गोरखामा उजुरी दिएकी थिइन् ।

आरोपितले मादक पदार्थ सेवन गरेर बलात्कार प्रयास गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाकी इन्स्पेक्टर कमला नरालले जानकारी दिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments