Incident Reports

बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-26

Lumbini, Dang, Tulsipur

तुलसीपुर उमनपा–१८ का १६ वर्षीय विशाल चौधरीलाई प्रलोभन देखाएर भारतको सिमलामा लगेर श्रम शिविरमा बेचबिखन गरेको भन्दै असोज ९ गते पीडित पक्षले तुलसीपुर उमनपा–७ का ३८ वर्षीय काजु चौधरीविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको छ ।

राम्रो काममा लगाइदिने भन्दै ०७५ चैत १९ गते भारतीय नम्बरको जीपमा राखेर लगेको र भारतको हिमाञ्चल प्रदेशको सिमलाको एक श्रम शिविरमा विक्री गरेर भागेको पीडित बालकले बताए ।

बाबुको मृत्यु भएको र आमा अर्को विवाह गरेर अन्यत्र गएपछि झुक्याएर भारत पुर्‍याइएका चौधरीलाई कञ्चनपुर जिल्लाका पत्रकार दिपेन्द्र बस्नेत लागायतको सक्रियतामा सिमलाबाट ०७६ भदौ २३ गते उद्धार गरी भदौ ३१ गते तुलसीपुर उमनपालाई जिम्मा लगाएको थियो ।

उपमनपाले सोहीदिन परिवारको जिम्मा लगाइएको तुलसीपुर उमनपाका प्रवक्ता श्याम डाँगीले बताए । पीडित चौधरीले पाँच महिना स्याउका पेटी बोकेको पैसा समेत नपाएको बताए ।

उजुरी दर्ता भइसकेको र आरोपित भारतमै लुकेर बसेकाले खोजी सुरू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए ।

जे.एन.सागर

0 Comments