Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-21

Lumbini, Dang, Tulsipur

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको यौनाङ्गबाट रक्तस्राव भए पछि घटना बाहिर आएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएपनि थप उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

पीडित बालिकामा बर्बराउने समस्या देखिएको र उपचारका लागि आर्थिक समस्या परेको पीडितकी आमाले बताइन् ।

आरोपितलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बताए ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Dang

0 Comments