Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-26

Karnali, Dailekh, Bhagawatimai, Ward 2

६३ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–२ बेस्तडाका ५४ वर्षीय गोपाल वादीलाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ९ गते बलात्कार गरेको भनी पीडित पक्षले असोज ९ गते नै जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

पीडित बृद्धाको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पताल, दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments