Incident Reports

पार्किङ गरी राखेको माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ

2019-09-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, १३ असोज     काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा.४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबा माईक्रो बसको अगाडी र दाहिने साईडको शिशा क्षति भएको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Police website

0 Comments

Related Reports