Incident Reports

दुईओटा सकेट बम विष्फोट, नेकपा-माओवादीका एक कार्यकर्ता गिरफ्तार l

2013-11-15

Province 1, Khotang, Lamidanda

DM Chamling Rai खोटाङ । ०७० मङ्सिर १ गते, डुम्रेधारापानी गाविस-२ को कोटडाँडा गाउँस्थित कालिका मन्दिर छेउमा कात्तिक २९ गते राती दुई ओटा सकेट बम विष्फोट भएको छ । प्रहरी चौकी डुम्रेधारापानी र देउराली उच्च माध्यमिक विद्यालयबाट पाँच मिनेटको दूरीमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्स्पेक्टर दुर्गाराज रेग्मीले बताए । बम विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको रेग्मीले बताएका छन् । संविधानसभा निर्वाचनको विपक्षमा रहेका नेकपा-माओवादीका कार्यकर्ताले आतङ्क मच्याउन बम विष्फोट गराएको प्रहरीको अनुमान छ । यद्यपी आधिकारीक रूपमा पुष्टि भएको छैन । बम विष्फोट गराएको बारे हालसम्म कसैले पनि जिम्मा लिएको छैन । यसैबीच, प्रहरीले घटनामा संलग्न भएको आशंकामा नेकपा-माओवादी डुम्रेधारापानी गाउँ पार्टी समितिका सदस्य २८ वर्षीय गणेश घिमिरेलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports