Incident Reports

सौतेनी आमाको कुटाइबाट घाइते भएकी बालिका ११ दिनदेखि आइसियुमा

2019-09-19

Karnali, Surkhet, Birendranagar, Ward 11

सौतेनी आमाको कुटपिटबाट घाइते भएकी वीरेन्द्रनगर नपा–११ की सात वर्षीया कमला महतराको ११ दिनदेखि कर्णाली प्रदेश अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ ।

पहिले पनि कुटपिट गर्दै आएकी सौतेनी आमा ३५ वर्षीया मानकुमारी महतराले नाबालिकालाई असोज १ गते मरणासन्न हुने गरी कुटपिट गरेको पीडित बालिकाका बाबु तिर्थबहादुर महतराले बताए ।

कुटपिटबाट दुवै गोडा, टाउको र ढाडमा गम्भीर चोट लागेकी बालिकाका आफन्तले असोज ३ गते प्रदेश अस्पतालमा भर्ना गरेपछि मात्र आफूले खबर पाएको बुबा तिर्थबहादुर महतराले बताए । नेपाली सेनामा जागिरे महतरा काठमाडौँमा कार्यरत् छन् ।

पीडित बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले असोज ४ आरोपित कमला महतरालाई गिरफ्तारपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी डिल्लीराज पन्तले बताए ।

पीडित बालिकाको उपचारमा संलग्न प्रदेश अस्पतालका डाक्टर डम्मर खड्काले ११ दिनदेखि आइसियुमा राखी नबालिकाको उपचार भइरहेको र हाल उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताए ।

जेठी पत्नी सीता महतरा तीन वर्षअघि अर्को विवाह गरेर गएपछि तिर्थले ०७५ माघमा मानकुमारीसँग विवाह गरेका थिए ।

वीरेन्द्रनगर नपा–११ मा रहेको गङ्गामाला आधारभुत विद्यालयको कक्षा १ मा अध्ययनरत कमलालाई सौतेनी आमाले नियमित रूपमा कुटपिट गर्दै आएको र पछिल्लो पटकको कुटपिटपछि कमला विद्यालय नआएपछि उनको खोजी गर्दा घरमै घाइते अवस्थामा फेला परेको विद्यालयका प्राधानाध्यापक दानबहादुर वलीले जानकारी दिए ।



दुर्गा थापा


दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments