Incident Reports

नेपाली काङ्ग्रेसलार्इ भोट नदिएको भन्दै घर निकाला l

2013-11-29

Chhatra Rimal जल्जले गावीस-६ घर भई हाल म्याङलुङ्ग बजार तेह्रथुममा होटल व्यवसायी गर्ने ४२ वर्षीय दीपक खनाललाई मङ्सिर १४ गते दिउँसो सोही ठाउँ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता ५० वर्षीय ढकबहादुर अधिकारीले संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई मत नदिएको आरोपमा घर निकाला गरेका छन् । अधिकारी नेपाली काङ्ग्रेसको सक्रिय कार्यकर्ता भएकोले उनको घरमा भाडामा बसेका पीडितलाई नेपाली काङ्ग्रेसको उम्मेरदवार तुलसी सुब्बालाई मतदान गर्न अग्रह गरेका थिए । तर पीडितले अन्य पार्टीलाई मतदान गरेका थिए । नेपाली काङ्ग्रेसको उम्मेरदवार निर्वाचनमा पराजय भएपछि मतदान नगरेको आरोपमा घर निकाला गरेका हुन् । पीडित परिवार सम्पुर्ण होटल ब्यवसाहायको सामाग्री लिएर म्याङलुङ्ग गावीस-९ मा विष्णु पोख्रेलको घरमा कोठा खोजी बसेको पीडितका छोरा छवि खनालले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis