Incident Reports

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

2019-10-03

Madhes, Mahottari, Gaushala, Ward 10

महोत्तरी — गौशाला नगरपालिका–१० स्थित थापाटोलकी २२ वर्षिया गोरकी भनिने शर्मिला सिंह दनुवारको विभत्स हत्या भएको छ । जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको शव बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोलानजिक नत्थु आलेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरी निरीक्षक किशोर आचार्यले दिएको जानकारीअनुसार शर्मिलाको शव नग्न अवस्थामा फेला परेको थियो । शवको हात, मुख र घाँटी बाधिएको अवस्थामा फेला पारेको थियो । अपराधीले शर्मिलालाई सर्वांग पारेर उनैले लगाएकै कपडा च्यातेर हातमुख बाँधेको देखिएको छ । हत्या अघि उनी माथि कुटपीट पनि भएको प्रहरी निरिक्षक आचार्यको अनुमान छ ।

‘योनीबाट रगत र मलमुत्रसमेत निस्केको अवस्थामा शव फेला परेको हो,’ प्रनि आचार्यले भने ।

घटनास्थल प्रकृतिको आधारमा उनलाई अन्तै यातना दिएर त्यहाँ ल्याई फालेको प्रहरी अनुमान छ । बाँधेका शरिरका भाग फुत्काउन छट्पटिँदा खुट्टानजिक जमिन उधिनिएको पाइएकोले प्रहरीले त्यस्तो अनुमान गरेको हो । राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसकने सुस्तमनस्थितीकी शर्मिलाको हत्याले सिंगो गाउँ त्रासमा छ । 

मृतकका दाजु रमेशसिंह दनुवारकाअनुसार शर्मिलाको खानेबस्ने ठेगान थिएन । मन लाग्दी गर्थिन् । जन्मदै मनस्थिती सुस्त भएकाले जहाँ पायो त्यहाँ जान्थिन् । अरुले नै लुगा फेराउने र नुहाइ दिनुपर्थ्यो । घटनाको दिन बुधवार उनी बाख्रा चराएर साँझपख घर फर्केकी थिइन् । रातको खाना खाएपछि घरदेखि केही दुरीमा रहेको छिमेकीको घरमा नाचगान हेर्न गएकी थिइन् ।

‘राती अवेरसम्म नफर्केपछि रमाईलो हेर्दाहेर्दै छिमेकमै सुतेको हामीलाई लाग्यो,’ शव पोष्टमार्टमका लागि जलेश्वर जाने तरखरमा रहेका रमेशले बताए, ‘बिहान ९ बजेतिर उनको हत्या भएको खवरले हमीलाई स्तब्ध पार्‍यो ।’

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जनाएको छ । पोष्टमार्टमपछि प्राप्त रिपोर्ट, घटनास्थल मुचुल्का र प्राप्त प्रमाण तथा संकेत र सुराकीको आधारमा हत्या अनुशन्धान गरिने इलाका प्रहरी गौशालाका प्रनि आचार्यले जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments