Incident Reports

मजदुर बोकेको बसमा पेट्रोल बम प्रहार l

2013-11-16

Province 1, Khotang, Lamidanda

Sukdev Chaudhary सुनसरी । ०७० मङ्सिर १ गते, सोनापुर गाविस-३ स्थित अरिहन्त जुट मिलका मजदुर बोकेको यात्रुबाहक बसमा कात्तिक २९ गते पेट्रोल बम प्रहार भएको छ । रामगञ्ज बेलगछिया गाविस-३ बाट मजदुरहरूलाई लिएर सोनापुर स्थित रहेको उद्योग तर्फगइरहेको अवस्थामा अज्ञात समूहले राति को १ ख १९११ नम्बरको बस माथि पेट्रोल बम प्रहार गरेको सुनसरी प्रहरीले जनाएको छ । बम प्रहारबाट कुनै मानवीय क्षति नभए पनि बसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरी डिएसपी लक्ष्मण गिरीले बताए । यसैबीच, प्रकाशपुर गाविस-७ स्थित बजार क्षेत्रमा बोरामा बेरिएर राखेको अवस्थाम भेटिएको शंकास्पद बस्तु माटो भएको प्रहरीले पुष्टि गरेको छ । बोरामा बाँधेर बाहिर तार निकालिएको शंकास्पतद बस्तु माटो भएको प्रहरीले जनाएको छ । बिहान बजार क्षेत्रका स्थानीले सो बस्तु देखेपछि बम भएको आशंकामा प्रहरीलाई जानकारी गराएका थिए । शंकास्पद बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली घटना स्थल पुगेको र डिस्पोज गर्ने क्रममा विस्फोट नभएपछि खोलेर हेर्दा माटो र तार मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डिस्पोजल टोलीले सो बस्तु हटाएपछि स्थानीयहरू निर्वाद रुपमा आवतजावत गर्नुका साथै बजार पसल समेत खोलेको सुनसरीका एसपी गणेश थापाले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports