Incident Reports

विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ 

2019-10-03

Province 1, Morang, Budhiganga

१७ असोज, विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् । विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा बिहीबार पक्राउ परेका हुन्  ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।

विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments