Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-19

Karnali, Rukum West, Banfikot, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बाँफिकोट गाउँपालिका–५ कोटका १९ वर्षीय अम्मर बिकलाई असोज १७ गते बाँफीकोटबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत भदौ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएको थियो । उजुरी दिएको दुई घण्टामै सोही दिन आरोपितलाई गरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

आरोपित बिकले पीडित बालिकाको नग्न फोटोहरू खिचेर ‘ब्ल्याकमेलिङ’ गर्दै पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनायो ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments