Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2019-10-03

Madhes, Siraha, Mirchaiya, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मिर्चैया नपा–५ का २२ वर्षीय सिके भन्ने सिकेन्द्र मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज १७ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १६ गते गरिएको छ ।

उनको स्वास्थ्यको थप परीक्षणका लागि असोज १८ गते विपी पतिष्ठान धरानमा पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए । बलात्कार घटनाका आरोपित फरार रहेकोले खोजी भइरहेको डिएसपी खनालले बताए ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments