Incident Reports

छुट्टाछुट्टै स्थानमा सुतली बम फेला, सेनाको टोलीद्वारा निष्क्रिय l

2013-11-16

Province 1, Dhankuta, Sangurigadhi

Santosh Ruchal धनकुटा । ०७० मङ्सिर १ गते, जिल्लाको छुट्टाछुट्टै स्थानमा फेला परेको दुई ओटा सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंसीर १ गते निष्क्रिय पारेको छ । बुढिमोरङ्ग गाविस भवन नजिक फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । गएराति खतरा लेखी रुखमा झुण्डाएर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद बस्तु स्थानियवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको डिस्पोजल टोली सदरमुकामबाट मंसीर १ गते बिहान गएर सो सुतली बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए । त्यस्तै खोकु गाविसमा रहेको पंचकृष्ण उच्चमावि छेउमा पनि सुतली बम आज फेला परेको छ । सो सुतली बमलाई चुनावी सुरक्षाको लागि छिन्ताङमा खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको डिएसपी कार्कीले बताए । बम निर्वाचन बहिष्कार गर्ने पक्षबाट राखिएको आशंका गरिए पनि जिम्मेवारी हालसम्म कसैले नलिएको पनि डिएसपी कार्कीले बताए । जिल्लामा एकहप्ता भित्रमा पाँच ओटा सुतली बम र एक ठाउँमा जिलेटिन नामक बिस्फोटक पदार्थ भेटिएको छ । जसमा एक ओटा बम बिस्फोट भएको छ भने अन्य चार स्थानमा भेटिएका बम तथा बिस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । चुनावको मिति नजिकिएसँगै प्रत्येक दिन जस्तो बम फेला पर्न थालेपछि जिल्लावासीहरू त्रसित बनेका छन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis