Incident Reports

दसैँ मनाउन घर आएका प्रहरी जवानमाथि कुटपिट

2019-10-06

Province 1, Okhaldhunga, Siddhicharan, Ward 3

ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ ।  ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो ।  प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । 

असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुंगा आएका परियारका दाजुभाइलाई चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर कुटपिट गरेका थिए । 

कुपटिपबाट परियार दाजुभाइको आँखा ,टाउको लागायतका शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरुको समुहले बिनोदका श्रीमतीलाई जिस्काएपछि उनीहरुबीच बिबाद सुरु भएको थियो । त्यसपछि केही समयको बिबादपछि उनिहरु मिलेर स  १ ज ५५२ नम्बरको गाडीमा सँगै पोखरेतर्फ लागेका थिए । तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरुले गाडी रोकेर प्रहरी जवान बिनोद र उनका भाई निरकुमारलाई बाहिर निकाली मरनासन्न हुनेगरी कुटपिट गरेर झन्डै २० मिटर तल झडीमा फ्यालिदिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

बिनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लगेको प्रमुख मल्लको भनाई छ ।  कुपपिटमा १० देखी १२ जना युवाहरुको संलग्नता रहेको भएपनि ६ जना पक्राउ परेको र अन्यको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports