Incident Reports

मेलाको विषयमा झगडा, १६ भन्दा बढी घाइते

2019-10-10

Madhes, Siraha, Siraha, Ward 12

असोज २२, सिराहा । मेलाको विषयमा दुई स्थानीय टोलवासीबीच झगडा हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ। थप घटना बढ्न नदिन प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। 

झगडामा १६ जना घाइते भएका छन्। उनीहरूमध्ये फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुनलाई प्राथमिक उपचार पछि विराटनगर रिफर गरिएको छ।

जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ। घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा काटिएको छ। जिउमा लठीको डाम देखिएका छन्।

मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो। त्यही विषयमा बल्झिएर झगडाको रुपमा लिएको स्थानीयहरूले बताए। उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईनउपर कुटपिट भएपछि झगडा झन बढेको थियो।

झगडाबारे जानकारी पाएलगत्तै प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताए। दुई टोलबाट सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

झगडा बढ्न नदिन गाउँमा प्रहरी टोली खटाइएको एसपी चतुर्वेदीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Youth Killed 00
Total Injured 16
Total damaged Buildings 00
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports