Incident Reports

२२ जना ‘फ्री तिब्बत’ समर्थक पक्राउ, गुम्बाको वरिपरी प्रहरी तैनाथ

2019-10-10

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले १८ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही बिरोध गर्न तयारी गरेका व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुबाट फ्रि–तिब्बतको झण्डालगायत शंकास्पद वस्तुहरु फेला परेको प्रहरीको भनाइ छ ।

राष्ट्रपति सीको भ्रमणको सुरक्षाका लागि व्यापक रुपमा सुरक्षा निकायहरुको परिचालन गरिएको छ ।

चीनबिरोधी गतिविधी रोक्न बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचलन गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशका ५ जिल्लामा रहेका तिब्बती शरणार्थी क्याम्पहरुमा पनि सुरक्षा निगरानी बढाइएको छ । पोखरा, तनहुँ, बाग्लुङ, मुस्ताङ र मनाङमा रहेका शरणार्थी क्याम्पमा प्रहरी परिचान गरिएको गण्डकी प्रदेश प्रमुख डिआइजी विनोद घिमिरेले बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments