Incident Reports

एमाले र काङ्ग्रेस कार्यकर्ता बीच दोहोरो झडप हुँदा दुई जना घाइते l

2013-11-16

Sur Bahadur Pariyar कैलाली । ०७० मङ्सिर १ गते, फुलबारी गाविस-५ डिपोबजारमा नेकपा एमाले कार्यकर्ता र काङ्ग्रेस कार्यकर्ता बीच दोहोरो झडप हुँदा दुई जना घाइते भएका छन् । नेपाली काङ्ग्रेस कार्यकर्ताहरूले निर्वाचन आचरसंहिता विपरीत ठूलो आवाजमा माइक बजाएको आरोपमा भएको दोहोरो झडपमास्थानीय एमाले कार्यकर्ता धनमाया थापा र नेपाली काङ्ग्रेसका प्रेम जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । दोहोरा झडपमा ढुङ्गा लागेर धनमाया थापाको टाउँकोमा चोट लागेको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ता जोशीलाई एमालेका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको गस्तीमा गएको प्रहरीले जानकारी दिएको छ । दोहोरा झडप हुँदा प्रहरी घटनास्थलमा भए पनि प्रहरी मुक्त दर्शक भएको स्थानीय अधिकारकर्मीले जानकारी दिएका छन् । सुरबहादुर परियार

0 Comments

Related Reports