Incident Reports

यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

2019-09-26

Madhes, Sarlahi, Bramhapuri, Ward 6

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ब्रह्मपुरी गाउँपालिका–६ पिपराका २३ वर्षीय जितेन्द्र साहविरूद्ध प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकालाई असोज ११ गते साँझ पीडितकै घरमा आरोपित साहले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि कारबाही प्रक्रिया अगाडि नबढाएको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको जन्म दर्ता नभएको कारणले गर्दा उजुरी दर्ता नभएको र जन्मदर्ता आएपछि उजुरी दर्ता गरी घटनाको अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठौरले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण हालसम्म गरिएको छैन । घटनाका आरोपित साह फरार छन् ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments