Incident Reports

पत्नी र छोरीको हत्या, घटनाका आरोपित गिरफ्तार

2019-10-10

Bagmati, Sindhuli, Golanjor, Ward 6

गोलन्जोर गाउँपालिका–६ नाकाजोलीकी ४५ वर्षीया किरण मर्साङ्गी र १७ वर्षीया छोरी प्रेमसु मर्साङ्गीको हत्या गरेको आरोपमा प्रहरीले किरणका ५० वर्षीय पति टेकबहादुर मर्साङ्गीलाई असोज २३ गते गिरफ्तार ग¥यो ।

असोज २३ गते राति घरमा सुतिरहेकी पत्नी, छोरी र १९ वर्षीय छोरा कृष्ण मर्साङ्गीलाई मदिरा सेवन गरी आएका आरोपितले भरूवा बन्दुक प्रहार गर्दा आमा छोरीको घटनास्थलमै मृत्यु भएको र छोरा घाइते भएका थिए ।

घटनाका सम्बन्धमा छिमेकीले दिएको मैखिक उजुरीका आधारमा आरोपितलाई तत्कालै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।

मदिरा सेवन गरेर घरमा आएका आरोपितले सुतिसकेकी पत्नीलाई घाँटीमा र छोरीलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेको एसपी सिंहले बताए ।

छोरा कृष्णलाई पनि आरोपित बाबुले गोली प्रहार गरेको तर उक्त गोली छल्न सफल भएका छोरालाई खुकुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेको अनुसन्धानको क्रममा खुल्न आएको एसपी सिंहले बताए ।

आरोपित बाबुको खुकुरी प्रहारबाट बायाँ हातमा चोट लागी घाइते भएका छोरा कृष्णको जिल्ला अस्पताल सिन्धुलीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई असोज २४ गते  काठमाडौँ पठाइएको  जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Small arms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 1
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments