Incident Reports

घरमै आमाछोरीको हत्या 

2019-10-11

Province 1, Udayapur, Triyuga, Ward 9

उदयपुर — जिल्लाको त्रियुगा नगरपालिका ९ राजावासमा शुक्रबार राति आमाछोरीको हत्या भएको छ । २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारी चौधरीको घरभित्रै हत्या भएको हो । उनीहरु शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । 

स्थानीयले शारदा र उनकी छोरीको शव घरभित्रै देखेपछि प्रहरीलाई खबर गरेको उदययपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । दुवैको धारिलो हतियारले घाँटी रेटिएको छ । हत्याको कारण खुलेको छैन । खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरीमात्रै बस्दै आएका थिए । शारदाका पति सिताराम चौधरी रोजगारमा सिलसिलामा मलेसियामा रहेको स्थानीयले बताए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 1
National/Online Media , Local Newspaper - Bara , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments