Incident Reports

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

2019-10-14

Bagmati, Makawanpur, Thaha, Ward 5

मकवानपुर — अज्ञात समूहले मकवानपुर थाहा नगरपालिका-५ को वडा कार्यालयमा गएराति आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा राती करिब ११ बजेर ४० मिनेटतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए ।

कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको उनले बताए । विद्युत मिटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी गर्‍यो भन्ने खुलेको छैन । आगजनीबाट कार्यालयमा भएको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको घटनामा संलग्नको खोजी भइरहेको र प्रहरी राति नै परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जनाएको छ । वडा कार्यालयको नवनिर्मित भवनबाट केही समयअघिबाट मात्र सेवा सुरु गरिएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Makwanpur , Local Newspaper - Saptari , Local Newspaper - Rautahat

0 Comments