Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-10-04

Sudurpashchim, Darchula, Lekam, Ward 5

२२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का ४२ वर्षीय महेशबहादुर पाललाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले आसोज १७ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित युवतीले असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित युवतीको उजुरीका आधारमा आरोपितलाई शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर अस्पतालबाट गिरफ्तरा गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको प्रहरीले जनाएको छ ।

मदिरा सेवनगरेर आएका पाल बलात्कार प्रयासको घटनापछि लडेर घाइते भएको बताइएको छ । आरोपित पालको टाउकोमा चोट लागेको छ ।

उनको टाउकोमा २० टाँका लगाइएको छ । हाल उनको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments