2019-10-04
२७ असोज, बुटवल । कोही एक तोला सुनका लागि हत्यारा बन्ला ? अधिकांशलाई पत्याउन गाह्रो पर्छ । तर, बुटवलमा एक व्यक्तिले मुन्द्राको लोभमा महिलाको विभत्स हत्या गरिदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख हेम थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा हेटौंडा घर भइ बुटवल–३, ज्योतिनगरमा बस्दै आएका ४२ वर्षीय राम लामा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले शनिबार विहान लामालाई नुवकोटबाट पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । उनीमाथि स्थानीय ६६ वर्षीया टिकी सरी गुरुङलाई हत्या गरेको अभियोग छ ।
बुटवलका डीएसपी भीमलाल भट्टराई भन्छन्, ‘घटनामा प्रयोग भएको हतियार र लुटेर लगेको सुन पनि बरामद गरिसकेका छौं ।’
गर्द्धनमा हसियाँ, मुखमा कपडा
गत १७ असोजमा बुटवल–३, ज्योतिनगरस्थित घरबाट बाख्रा चराउन निस्किएकी गुरुङ साँझ घर फर्किइनन् । बरु लक्ष्मी नगर र लक्ष्मी आदर्श सामुदायिक जंगलभित्र लगिएका बाख्रा राति घर आइपुगे ।
छोराछोरी विदेश पठाएर गाउँमा एक्लै श्रम गरेर जीविका चलाइरहेकी उनी घर नफर्किएपछि छिमेकीले सोधीखोजी थाले । स्थानीय प्रहरीलाई खबर गरेर खोतलास थालियो ।
साँझ धारिलो हतियार प्रहार गरेर मुखमा कपडा कोचिएको अवस्थामा उनको शव भेटियो । तर, बीच जंगलमा शव भेटिएनु र प्रारम्भमा हत्याको कुनै कारण पनि नदेखिँदा अनुसन्धान अधिकृत अलमलमा थिए ।
प्रहरीले मृतक गुरुङसँग जोडिने अनेक व्यक्तिलाई शंकाको दायरामा ल्याएर सोधपुछ गर्यो । कोहीमाथि पनि शंका गर्नुपर्ने बलियो आधार थिएन । त्यसैले घटनापछि गाउँबाट हराएका व्यक्तिमाथि प्रहरी निगरानी बढेको थियो ।
जंगल प्रवेश गर्ने इलाकामा पनि खोजी बढाइएका वेला गाउँमा मिस्त्री काम गर्ने लामा गायब देखिए ।
अन्य प्राविधिक पक्ष केलाएर अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै जाँदा पनि उनीमाथि शंका हटेन ।
प्रहरीले तीन दिनदेखि उनलाई पछ्याउने क्रममा बुटवल–२, फूलबारीकी कोपिला खाम्चालाई मृतकबाट लुटिएको मुन्द्रा दिएको खुल्यो । उनले जय माता सुन चाँदी पसलमा गहना दिएर ३५ हजार रुपैयाँ लिएको भेटिएको छ ।
तर, डीएसपी भट्टराई भने हालसम्मको अनुसन्धानले घटनामा लामाबाहेकको संलग्नता नदेखाएको दाबी गर्छन् ।
उनका अनुसार लामाले बजारमा पछ्याउँदै गएर जंगलामा उनमाथि लुटपाट गरेका थिए । पक्राउ परेपछि दिएको बयानमा उनले कसूर स्वीकारेको प्रहरीको भनाइ छ ।
अनुसन्धान अधिकृतका अनुसार उनले दशैं खर्च नभएकाले लुटेको बताएका छन् । तर, उनको बयानलाई पत्याइहाल्ने आधार पनि देखिँदैन ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Robbery/burglary/violent theft |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance