Incident Reports

मुख्यमन्त्रीको कार्यालय अगाडी शिक्षकहरुको धर्नामा

2019-07-05

Madhes, Dhanusha, Janakpur

विभिन्न २ सुत्रिय माग राखि अस्थायी शिक्षक आन्दोलन परिचालन समिति आन्दोलित भएका छन । अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरुले शुक्रबारदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिपदको कार्यालय अगाडी धर्नामा बसेका हुन ।

जीवनको महत्वपुर्ण समय मुलुकको शिक्षा क्षेत्रमा दिएको र बुढेशकालमा सरकारले आफुहरुको रोजगारी खोसेको उनीहरुको आरोप छ। अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षक को रोजगार खोसिएको दुःखेसो सुनाए।

संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको संयोजक यादवले बताए। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अषाढ २२ गतेसम्म धर्नामा बस्ने र त्यसपछि पनि आफुहरुको माग पूरा नगरिए अझ कडा आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments