Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-21

Karnali, Dailekh, Naumule, Ward 3

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौमूले गाउँपालिका-३ द्वारी गाउँका ४० वर्षीय बुदे थापालाई असोज २७ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

घटनापछि फरार भएका आरोपितलाई स्थानीयले दिएको सूचनाका आधारमा घरबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्स्पेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दैलेखमा भदौ ५ गते नै गरिएको प्रहरीले जनाएको छ ।

अमर सुनार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments