Incident Reports

आन्दोलनरत शिक्षकहरुल चक्काजाम गरेपछि शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै गयो लाठीचाज

2019-07-17

Madhes, Dhanusha, Janakpur

जनकपुरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि आन्दोलनरत शिक्षकहरुले चक्काजाम गरेपछि शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ। बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग उनीहरुको झडपसमेत भएको छ ।

प्रहरीले शिक्षकहरुमाथि लाठीचार्ज गर्नुका साथै धडपकडसमेत गरेको छ । त्यस क्रममा जुरनी मण्डल, रेखा कापड, शशिकला भट्टराई, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारी लगायतका शिक्षक शिक्षिकाहरु लाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले प्रदेश नं, '२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको निर्देशनमा आफूहरु माथि लाठीचार्ज र धरपकड भएको आरोप लगाउनुभयो। उनीहरु गएको असार १९ गतेदेखि अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।

माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले दुखेसो पोखेका छन् । संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगार खोसिएको समितिका संयोजक धमेन्द्र कुमार यादवले गुनासो गर्नुभयो ।

मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नगरेकाले बाध्य भएर सड़क जाम गरेपछि मुख्यमन्त्रीको निर्देशनमा उल्टै आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत शिक्षकहरु को भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments