Incident Reports

उद्योग वाणिज्य संघको चुनावको विषयमा विवाद हुँदा सिम्रौनगढमा झडप, तीन घाइते

2019-08-03

Madhes, Bara, Simraungadh

बारा उद्योग वाणिज्य संघको सिम्रौनगढ शाखाको चुनावको विषयलाई लिएर शनिबार दिउँसो दुई पक्षबीच झडप भएको छ।

सिम्रौनगढ शाखाको वर्तमान अध्यक्ष जयन्त कुशवाहा र कोषाध्यक्ष लालबाबु कुशवाहा पक्षबिच झडप भएको हो। कोषाध्यक्ष लालबाबु अध्यक्ष पदका दाबेदार हुन्।

संघको अध्यक्ष पद चुनावले गर्ने कि सहमतिबाट गर्ने भन्ने विषयमा विवाद हुँदा झडपको स्थिति आएको हो।

दुई कार्यकाल अध्यक्ष भइसकेका जयन्त कुशवाहाले आफू फेरि पनि अध्यक्ष हुन सर्बसहमति गर्न खोजेपछि झडप भएको थियो। 

दुबै पक्षकाे बाक्लो उपस्थिती रहेको बेला झडप हुँदा तीन जना घाईते भएको स्थानीय रामेशवर मेहताले जानकारी दिए। 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। घाईते हुनेमा सिकेन्द्र यादव र अजय कुमार रहेका छन् भने एक जनाको नाम खुल्न सकेको छैन। 

दिउँसो दुई बजे सुरु भएको झडप ४ बजेसम्म पनि जारी रहेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रु ग्याँस प्रहार गरेकाे थियो। 

झडपको क्रममा विवाद बढेपछि दुबै पक्षबिच ढुंगा हानाहान भएको थियो। अहिले सिम्रौनगढ बजारमा प्रहरीको संख्या बढाइएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth unknown
Total Injured 3
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments