Incident Reports

श्रीमती मारेको स्वीकार

2019-08-11

Province 1, Morang, Uralabari, Ward 3

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका मोरङ, उर्लाबारी-३ मंगलबारेका २८ वर्षीय दिनेश गिरीले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले प्रहरीसँगको वयानको क्रममा श्रीमतीको हत्या गरेको स्वीकार गरेका हुन् ।

सुरुमा २६ वर्षीया श्रीमती रेखा गिरीको शौचालय जानेक्रममा भर् याङबाट लडेर मृत्यु भएको हल्ला चलाए पनि त्यो हल्ला धेरै दिनसम्म टिकेन। भारत, विहारबाट रेखाको माइतीपक्ष आएर छानविन गर्न दवाब दिएपछि प्रहरीले दिनेशलाई पक्राउ गरेको थियो।

हिरासतमा रहेका दिनेशले वयानका क्रममा आफ्नो गल्ती स्वीकार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए । प्रहरीले दिनेशविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । अभियुक्त दिनेश विरुद्ध मोरङ जिल्ला अदालतमा म्याद थप गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Jhapa

0 Comments