Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2019-10-16

Lumbini, Nawalparasi West, Sunwal, Ward 10

१४ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–४ बैरिहवा घर भई सुनवल नपा–१० बस्ने ३५ वर्षीया सरिता यादवलाई असोज २८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई असोज २६ गते आरोपितले विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा स्थानीयको सहयोगमा जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको हो ।

पीडित पक्षले आरोपित विरूद्ध असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपित विरूद्ध मानव बेचबिखन तथा ओसार पसरा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी वीरेन्द्र थापाले बताए ।

नारायण पराजुली

0 Comments