Incident Reports

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

2019-09-27

Lumbini, Palpa, Rampur, Ward 4

रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १८ वर्षीया खगीसरा सोमैलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति भुमबहादुर सोमैलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ९ गतेदेखि दैनिक रुपमा कुटपिट गर्दै आएको पीडित महिलाले आरोप लगाएकी छन् ।

कुटपिटबाट घाइते भएकी खगीसराको असोज २७ गते साँझबाट लुम्बिनी मेडिकल कलेज प्रभासको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटाले बताए ।

कुटपिटबाट घाइते खगिसराको टाउको र अनुहारमा चोट लागेको छ । पीडित पक्षले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा रहेका भूमबहादुर घरमा फर्किए लगत्तै पत्नीलाई परपुरुषसँग मिलेको भन्ने शंकामा विवाद भएको पीडित पक्षले जनाएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments