Incident Reports

सांसद साहको रिहाईको माग सर्लाही बन्द

2019-10-17

सांसद साहको रिहाइ माग गर्दै विरोध प्रदर्शन

बुद्ध एयरको जनकपुर स्थित काउन्टरमा सोमवार तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य प्रमोद साहको रिहाइको माग गर्दै बुधवार दोस्रो दिन पनि सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।

पूर्व निर्धारित कार्यक्रम अनुसार सर्लाही सदरमुकाम मलंगवा र बलयवास बजारमा विरोध प्रदर्शन गरिएको हो। दिउँसो मोटरसाइकल र्‍याली निकालेर विरोध गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले साँझ मसाल जुलुश प्रदर्शन गरेका छन्। सांसद साहलाई तुरुन्त रिहाइ नगरे बिहीवारदेखि थप आन्दोलन चर्काउने राजपा जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ। 

पूर्व घोषित कार्यक्रम अनुसार बिहीवार बजार तथा यातायात बन्द गर्ने राजपा नेपालका जिल्ला संयोजक नागेश्वर महतोले जानकारी दिएका छन्। ३० गतेको आन्दोलन पश्चात पनि कुनै सुनवाइ नभए कार्तिक १ गतेदेखि अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महतोले जनाएका छन्।


जनकपुर । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको छ । 

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।

राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए । बन्दको बसैभन्दा बढी प्रभाव मंगलवामा परेको छ । 

  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Saptari , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments